PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरु जुट्दा कार्यसम्पादन समितिको बैठक बस्न सकेन



पहिलोपोस्ट

बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरु जुट्दा कार्यसम्पादन समितिको बैठक बस्न सकेन
FILE PHOTO

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ। आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाका लागि उम्मेदवार छनोटको विषयलाई लिएर अहिले बैठक जारी रहेको छ।

शीर्ष नेताहरु बालुवाटार केन्द्रीत हुँदा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भने बस्न सकिरहेको छैन।

समितिको बैठक शुक्रवार बोलाइएको थियो। तर हिजो बैठक बस्न नसकेपछि आज बिहान ११ बजे बस्ने भनिएको थियो। पछि विशेष कारणवश उक्त बैठक पनि दिउँसो ३ बजेसम्मका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका थिए। तर अहिलेसम्म कार्यसम्पादन समितिको बैठक सुरु हुन सकेको छैन।

नेताहरुबिच अन्य महानगरका विषयमा सहमति भए पनि विराटनगर महानगरपालिकाको मेयरमा सहमति जुट्न नसकेको बताइएको छ। शीर्ष नेताहरुबिचको छलफल पछि कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell