PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

जनकपुरधाम उपमहानगर प्रमुखमा लोसपाबाट मनोज चौधरी, उपप्रमुखमा मिश्रलाई फेरि मौका



पहिलोपोस्ट

जनकपुरधाम उपमहानगर प्रमुखमा लोसपाबाट मनोज चौधरी, उपप्रमुखमा मिश्रलाई फेरि मौका

जनकपुरधाम : लोकतान्त्रित्र समाजवादी पार्टी (लोसपा)ले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदका लागि मनोज कुमार चौधरीलाइ टिकट दिएको छ।

लोसपाको आज बसेको केन्द्रीय बैठकबाट चौधरीलाई उपनगर प्रमुखका लागि उम्मेदवार बनाउने निर्णय भएको हो। त्यस्तै उपप्रमुखमा रिता मिश्रलाई फेरि दोहोर्‍याउने लोसपाले निर्णय गरेको छ।

प्रमुखमा टिकट पाएका चौधरी लोसपाको नगर समितिका अध्यक्ष हुन। फेरि निर्वाचनमा लड्ने भनेर केही दिन अघिमात्रै मिश्र उपप्रमुख पदबाट राजीनामा दिएकी थिइन्।

उपमहानगर प्रमुखका लागि लोसपाबाट प्रदेशसभा सदस्य परमेश्वर साह, मनोज चौधरी, जानकीराम साह, संजय चौधरी र अमर पजियारको नामको सिफारिस गरिएको थियो। जानकीराम भने नगरप्रमुखमा टिकेट पाउने सम्भावना नदेखेपछि एमालेमा प्रवेश गरि सकेका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell