PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मनोनयन दर्ताका लागि सबै तयारी पूरा, चुनाव चिह्न अंकित झण्डा बोके आयोगले कारवाही गर्ने



पहिलोपोस्ट

मनोनयन दर्ताका लागि सबै तयारी पूरा, चुनाव चिह्न अंकित झण्डा बोके आयोगले कारवाही गर्ने

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराउन आवश्यक तयारी सबै पूरा भइसकेको जनाएको छ। आज बहादुर भवनस्थित आयोग कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ताले उम्मेदवार बन्न चाहनेहरुले तोकिएको निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउन सक्ने बताए।

मनोनयन दर्ताका लागि बैशाख ११ र १२ गते बिहान १० देखि बेलुकी ५ बजेसम्मको समय निर्धारण गरिएको आयोगा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगले यसपटकको निर्वाचनमा महिलाको उल्लेख्य उपस्थिति हुने भन्दै र समावेशी हिसाबले निर्वाचन उल्लेख्य हुने आशा व्यक्त गरेको छ।

आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको अवगत गराउँदै सबैलाई पालना गर्न आग्रह पनि गरेको छ। आयोगले उम्मेदवारहरुको प्रचारप्रसासमा चुनाव चिह्नको प्रयोगमा कडाइ गरेको छ। आयोगले प्रचारप्रसारका क्रममा चुनाव चिह्न भएको झोला, टोपी, झण्डा इत्यादि बोके सम्बन्धित व्यक्तिलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell