PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बालुवाटारमा कांग्रेसका शीर्ष नेताबिच जुटेन सहमति, केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित



पहिलोपोस्ट

बालुवाटारमा कांग्रेसका शीर्ष नेताबिच जुटेन सहमति, केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित
FILE PHOTO

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक निष्कर्षबिहीन भएको छ। आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाका लागि उम्मेदवार छनोटको विषयलाई लिएर बसेको बैठकमा नेताहरुबिच सहमति जुट्न नसकेको हो।

बैठकमा काठमाडौं महानगरपालिकाको प्रमुखमा श्रृजना सिंहको नाममा सहमति जुटे पनि अन्य महानगरको विषयमा सहमति जुट्न नसकेको बताइएको छ।  ६ महानगर र ११ उपमहानगरको उम्मेदवार टुंगो नलाग्दा कार्यसम्पादन समितिको बैठक अनिश्चित बन्दै गएको छ।

शीर्ष नेताहरुबिच बालुवाटारमा सहमति जुट्न नसकेपछि आजको लागि बोलाइएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरिएको छ।

कार्यसम्पादन समितिको बैठक शुक्रवार बोलाइएको थियो। तर हिजो बैठक बस्न नसकेपछि आज बिहान ११ बजे बस्ने भनिएको थियो। आज बिहानैदेखि शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुट्दा समितिको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो। शीर्ष नेताहरुबचि सहमति नजुटेपछि आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जनाकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell