PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

हेटौंडा उपमहानगर प्रमुखमा एकीकृत समाजवादीकी मीना लामा उम्मेदवार



पहिलोपोस्ट

हेटौंडा उपमहानगर प्रमुखमा एकीकृत समाजवादीकी मीना लामा उम्मेदवार

हेटौंडा : हेटौंडा उपमहानगरपालिका प्रमुख पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले मीना कुमारी लामालाई टिकट दिएको छ। शनिबार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले उक्त निर्णय गरेको हो।

लामाले शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख पदबाट राजीनामा दिएकी थिइन्। उनले उपमहानगर प्रमुख हरिबहादुर महतसमक्ष राजीनामा दिएकी थिइन्।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार बलराम बललाई पराजित गरेकी थिइन्। त्यससमय माओवादी र कांग्रेसको गठबन्धन थियो। लामाले २३ हजार ४३७ मतसहित चुनाव जितेकी थिइन् भने बलले १७ हजार ११ मत पाएका थिए।

आगामी बैशाख ३० गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगर प्रमुख एकीकृत समाजवादी र उपप्रमुख कांग्रेसलाई दिने सहमति गरेको थियो।

एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीको गत शनिबार बसेको बैठकले हेटौंडाको मेयर पदका लागि उपमेयर लामासहित एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलका नाम सिफारिस गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell