PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

गाउँपालिका अध्यक्षको टिकट नपाएपछि एमाले प्रदेश कमिटी सदस्य यादवद्वारा पार्टी परित्याग



पहिलोपोस्ट

गाउँपालिका अध्यक्षको टिकट नपाएपछि एमाले प्रदेश कमिटी सदस्य यादवद्वारा पार्टी परित्याग

बुटवलः नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले पार्टी परित्याग गरेका छन्। यादवले भैरहवामा पत्रकार सम्मेलन गरि आफू एमालेमा नरहेको घोषणा गरेका हुन्।

२०५४ सालदेखि पार्टीमा लागेको बताउँदै उनले केही नेताहरूको कारण पार्टी छाड्न बाध्य भएको बताए।

उनले भने, ‘म पार्टीको नीति मन परेर एमालेमा आवद्ध भएँ, कुनै नेता मन परेर वा कुनै लाभ लिन्छु भनेर आएको होइन। पार्टी विधि अनुसार चलेन त्यही भएर बस्न मन लागेन।’

आफूलाई रूपन्देही क्षेत्र नम्बर ४ (मर्चवार क्षेत्र) को इञ्चार्ज बनाइए पनि नेतृत्वले आफूसँग कुनै छलफल नगरेको उनले गुनासो गरे।

उनले भने, ‘पार्टीको काममा निरन्तर लागिपरेको थिएँ। तर मविरूद्ध नै भ्रामक प्रचार गरियो।’

यादव आगामी स्थानीय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिका अध्यक्षको उम्मेदवारको आकांक्षी थिए। गाउँपालिकाका कार्यक्रममा छलफल नगरी एकलौटी ढंगले अगाडि बढेको उनले दुखेसो पोखे।

उनले भने, ‘गाउँपालिकाको नेतृत्वमा रहेर जनताको काम गर्न सक्छु भन्ने सोच हो। मेरो इच्छा सांसद बन्ने होइन तर आकांक्षी हुँदाहुँदै छलफल समेत गराइएन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell