PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

रसेलको अलराउण्ड प्रदर्शनले टारेन कोलकत्ताको हार, गुजरात शीर्ष स्थानमा उक्लियो



पहिलोपोस्ट

रसेलको अलराउण्ड प्रदर्शनले टारेन कोलकत्ताको हार, गुजरात शीर्ष स्थानमा उक्लियो
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा गुजरात टाइटन्सले कोलकत्ता नाइट राइडर्समाथि जित निकालेको छ। मुम्बइस्थित डीवाइ पाटिल स्टेडियममा सम्पन्न खेलमा गुजरातले कोलकत्तालाई ८ रनले हराएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६७ रन बनाउँदा डेभिड मिलरले २७ तथा ऋद्दिमान शाहले २५ रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै राहुल तेवातियाले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ कोलकत्ताका आन्द्रे रसेलले ४ विकेट लिँदा टिम साउथीले ३ विकेट तथा उमेश यादव र शिवम माभीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ता निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रनमा समेटियो। कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाउँदा रिंकु सिंहले ३५, वेङ्कटेस ऐयरले १७ तथा उमेश यादवले १५ रन बनाए।

कोलकत्तालाई लक्ष्यसम्म पुग्न नदिन मोहम्मद शमी, यस डायल र रासिद खानले समान २ विकेट लिँदा अल्जरी जोशेफ र लोकी फर्कग्युसनले समान १ विकेट लिए।

जितसँगै ७ खेलबाट १२ अंक जोडेको गुजरात शीर्षस्थानमा उक्लिएको छ भने ६ अंक जोडेको कोलकत्ता सातौं स्थानमा छ।

आजै दोस्रो खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोर प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell