PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा युनाइटेडलाई ३-१ गोलअन्तरले हराउँदै घरेलु टोलीले जित निकालेको हो।

खेलको तेस्रो मिनेटमै नुनो टाभारेसको गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो। त्यस्तै ३२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै बुकायो साकाले अग्रता दोब्बर बनाए। अर्कोतर्फ ३४ औं मिनेटमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोले युनाइटेडलाई खेलमा फर्काउन चाहे। पहिलो हाफमा घरेलु टोली २-१ गोलअन्तरले अघि रह्यो।

दोस्रो हाफमा आर्सनलले फेरि अर्को गोल गर्‍यो। खेलको ७० औं मिनेटमा ग्रानिथ साकाले गोल गर्दा ३-१ गोलअन्तरले आर्सनलले खेल आफ्नो पक्षमा पार्‍यो। त्यसअघि युनाइटेका ब्रुनो फर्नान्डेज ५७ औं  मिनेटमा पाएको पेनाल्टीको अवसरमा चुकेका थिए।

जितसँगै ३३ खेलबाट ६० अंक जोडेको आर्सनल अंकतालिकाको शीर्ष चारमा उक्लिएको छ। युनाइटेड भने ३४ खेलबाट ५४ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell