PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आफ्नै थातथलोमा भैरव अर्यालको प्रतीमा अनावरण



पहिलोपोस्ट

आफ्नै थातथलोमा भैरव अर्यालको प्रतीमा अनावरण

काठमाडौं : साहित्यकार भैरव अर्यालको प्रतीमा उनको पुर्ख्यौली थाकथलो जोरपाटी अर्याल गाउँमा अनावरण गरिएको छ।

अर्यालका घनिष्ठ मित्रसमेत रहेका भएका वरिष्ठ साहित्यकार पत्रकार रोचक घिमिरेले शनिवार प्रतीमा अनावरण गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहेका घिमिरेले अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। व्यङ्ग्य साहित्यबाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहेको घिमिरेले बताए।

त्यसैगरी सोही समारोहमा पत्रकार विजय चालिसेले व्यङ्ग्य साहित्यमा अर्याललाई अहिलेसम्म कसैले चुनौती दिन नसकेको दावी गरेका थिए। भैरव अर्यालका जेठा छोरा प्राध्यापक डाक्टर दीपक अर्यालले यस्ता रचनात्मक कार्यमा परिवारजनको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा अर्यालको पूर्ण कदको सालिकको निर्माणकार्य पनि अन्तिम चरणमा पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell