PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

बुटवलमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल



पहिलोपोस्ट

बुटवलमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल

बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गरेका छन्।

शनिबार एमाले  उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली र  राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष भेकबहादुर सारु मगरबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो।

सहमति अनुसार उपमहानगर प्रमुख उपप्रमुखसहित सबै वडा अध्यक्ष समेत ८६ पदमा जनमुक्ति पार्टीले एमालेको पक्षमा मतदान गर्ने र जनमुक्तिले पाएका ११ जना सदस्यको पदमा एमालेले मतदान गर्ने सहमति भएको छ।

उपमहानगर प्रमुखमा नेपाली कांग्रेसले नगर समितिका सभापतिसमेत रहेका खेलराज पाण्डेलाई उम्मेदवार बनाएको छ। एमालेले उम्मेदवारको टुंगो लगाउन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell