PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

यी हुन् एमालेका ९ उपमहानगरका उम्मेदवार, जनकपुर र जितपुर सिमरामा टुंगो लाग्न बाँकी



पहिलोपोस्ट

यी हुन् एमालेका ९ उपमहानगरका उम्मेदवार, जनकपुर र जितपुर सिमरामा टुंगो लाग्न बाँकी

काठमाडौँः नेकपा (एमाले) ले ११ मध्ये ९ वटा उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाएको छ। बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोट गरेको हो। एमालेले जनकपुर र जितपुर सिमरा उपमहानगरपालिकामा भने उम्मेदवार टुङ्ग्यायएको छैन। 

निर्णय अनुसार धनगढीको प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा चन्द्रकला राना थारुलाई उम्मेदवार बनाइने छ। यस्तै नेपालगन्जमा प्रमुखमा पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकाल उम्मेदवार बन्नेछन्। तुलसीपुरको प्रमुखमा टिकाराम खडका र उपप्रमुखमा स्यानी चौधरीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। 

घोराहीको प्रमुखमा नरुलाल चौधरीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेके छ। बुटवलको प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याल, हेटौँडाको प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। 

धरानमा एमालेले प्रमुखमा मञ्जु भण्डारी र उपप्रमुखमा पदम लिम्बुलाई उम्मेदवार बनाउने छ। यस्तै इटहरीमा प्रमुखमा यामकुमार सुब्बा र उपप्रमुखमा संगीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। 

यस्तै कलैयाको प्रमुखमा विनोद शाहलाई उम्मेदवार बनाउने एमालेको निर्णय छ। उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell