PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पत्रकार गिरीश गिरी राप्रपाबाट वीरगंजको मेयरमा चुनाव लड्ने



पहिलोपोस्ट

पत्रकार गिरीश गिरी राप्रपाबाट वीरगंजको मेयरमा चुनाव लड्ने

वीरगंजः राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगंज महानगरपालिकाको लागि मेयर र उपमेयरको उम्मेदवार तय गरेको छ। मेयरमा पत्रकार गिरीश गिरी र उपमेयरमा वीणा जैसवाललाई उम्मेदवार बनाउने निर्णय भएको हो।

वडा स्तरको नामावली भने राप्रपाले टुंगो लगाएको छैन।

गिरी वीरगंजमा पूर्व मेयर गोपाल गिरीका जेठा छोरा हुन्। वीणा राप्रपा पर्साका कोषाध्यक्ष जगरनाथ राउत कुर्मीको बुहारी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell