PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

फितलो ब्याटिङ गरेको बेङ्ग्लोरमाथि हैदराबादको सहज जित



पहिलोपोस्ट

फितलो ब्याटिङ गरेको बेङ्ग्लोरमाथि हैदराबादको सहज जित
Photo: IPL

इण्डियन प्रिमियर लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि सहज जित निकालेको छ। मुम्बइस्थित ब्रबोर्न क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरमाथि हैदराबादले ९ विकेटको फराकिलो जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले कमजोर ब्याटिङ गर्दै १६.१ ओभरमा सबै विकेट गुमाएर ६८ रनमा समेटिएको थियो। बेङ्ग्लोरका लागि सुयस प्रभु देशाइको सर्वाधिक १५ रन र ग्लेन म्याक्सवेलको १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत छुन सकेनन्। बिराट कोहली, अनुज रावत र दिनेश कार्तिक त शुन्य रनमै पेभेलियन फर्किएका थिए।

बेङ्ग्लोरलाई जारी सिजनकै कम स्कोरमा रोक्न मार्को जोनसेन र टी नटराजनले समान ३ विकेट लिँदा जगदीशा सुचितले २ तथा भुवनेश्वर कुमार र उमरन मलिकले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले १ विकेटको क्षतिमा ७२ बल बाँकी छँदै लक्ष्य पुरा गर्‍यो। हैदराबादका लागि अविशेक शर्माले सर्वाधिक ४७ रन बनाउँदा क्याप्टेन केन विलयमसनले अविजित १६ रन बनाए। त्यस्तै राहुल त्रिपाठी ७ रनमा अविजित रहे। बलिङतर्फ बेङ्ग्लोरका हर्षल पटेलले १ विकेट लिए।

जितसँगै हैदराबाद ७ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आजै सम्पन्न पहिलो खेलमा गुजरातले कोलकत्तालाई हराउँदै शीर्षस्थानमा उक्लिएको थियो। गुजरातले ७ खेलबाट १२ अंक जोडेको छ। ८ खेलबाट १० अंक जोडेको बेङ्ग्लोर भने तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell