PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

राष्ट्रसंघ महासचिव मस्को र किभ जाने, रसिया पहिला जान लागेको भन्दै जेलेनस्कीको आपत्ति



पहिलोपोस्ट

राष्ट्रसंघ महासचिव मस्को र किभ जाने, रसिया पहिला जान लागेको भन्दै जेलेनस्कीको आपत्ति
Photo : AP

रसिया र युक्रनेबिच युद्ध भएको आज ५९ दिन पुगेको छ। युद्धका कारण हालसम्म ५१ लाखभन्दा बढी युक्रेनी नागरिक पलायन भइसकेका छन्। दुवै तर्फबाट हजारौंको संख्यामा मानिसहरु मारिएका छन्। युक्रेनमा अर्बौैको सम्पत्ति विनाश भएको छ।

दुई देशबिच युद्ध लम्बिँदै गइरहेको अवस्थामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस रसिया र युक्रेन भ्रमणमा जाने भएका छन्। गुटेरेसले मस्कोमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र किभमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीसँग भेट गर्ने तय भएको छ।

गुटेरेस किभभन्दा पहिला रसिया जाने तय भएको छ। तर, गुटेरेसको उक्त योजनाको युक्रेनले विरोध गरेको छ। जेलेन्स्कीले गुटेरेसको पहिला मस्को जाने योजनाको आलोचना गरेका छन्।

जेलेन्सकीले किभभन्दा अगाडि मस्को जानुको ‘न्यायपूर्ण र तार्किक’ नभएको बताएका छन्।

अर्को हप्ता गुटेरस टर्कीको अनकारा हुँदै मस्को जान लागेका हुन्। टर्कीले रसिया युक्रेन युद्ध अन्त्य गर्न मध्यस्थताको भूमिका निर्वाह गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell