PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

सरकारको विरोधमा अर्जेन्टिनाका किसानले निकाले ट्रयाक्टर र्‍याली



पहिलोपोस्ट

सरकारको विरोधमा अर्जेन्टिनाका किसानले निकाले ट्रयाक्टर र्‍याली
Photo : Getty Images

खाद्यान्न निर्यात गर्दा करको दायरा बढाएको भन्दै अर्जेन्टिनाका किसान आन्दोलित भएका छन्। सरकारको उक्त कदमको विरोधमा राजधानी ब्यूनस आर्यसमा १० हजारभन्दा बढी किसानले प्रदर्शन गरेका हुन्। ट्रयाक्टर र्‍याली निकालेर उनीहरुले सरकारको निर्णय सच्याउन माग गरेका हुन्।

राष्ट्रपति भवन बाहिर नै किसानले ट्रयाक्टर र्‍याली निकालेका थिए। कृषि सामाग्रीको निर्यातमा लगाइएको यस्तो नियमले देशमा मूल्यवृद्धि हुने उनीहरुले बताउँदै आएका छन्।

राष्ट्रपति अलबर्टो फर्नान्डिसले भने किसानको माग सुन्न आफू तयार भएको बताएका छन्। तर, किसान आन्दोलनलाई उनले दक्षिणपन्थी विपक्षीको कार्यक्रमको संज्ञा पनि दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell