PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मोदी भोलि जम्मू कश्मीर जाँदै, आज कार्यक्रम हुँदै गरेको गाउँमा ‘शंकास्पद विस्फोट’



पहिलोपोस्ट

मोदी भोलि जम्मू कश्मीर जाँदै, आज कार्यक्रम हुँदै गरेको गाउँमा ‘शंकास्पद विस्फोट’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जम्मू कश्मीर जाँदैछन्। पंचायति राज दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी जम्मू कश्मीर जान लागेका हुन्। उनको भ्रमणलाई मध्यनजर गर्दै जम्मू कश्मीर क्षेत्रको सुरक्षा व्यवास्था कडा पारिएको छ।

मोदीको भ्रमणको तयारी चलिहरहँदा जम्मूको बिसनाह लालिअन गाउँमा ‘शंकास्पद विस्फोट’ भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। मोदीको कार्यक्रम हुने भन्दा १२ किलोमिटर टाढा विस्फोट भएको हो। बिसनाह क्षेत्रको एक खेतमा भएको विस्फोट पछि सुरक्षाकर्मीहरु घटनास्थल पुगेका छन्। सुरक्षाकर्मीहरुले सबै क्षेत्रमा ‘सर्च अपरेशन’ सुरु गरेका छन्। विस्फोट भएको खेतमा ठूलो खाल्डो परेको छ। प्रहरीले उक्त विस्फोट चट्याङ वा उल्काका कारण हुन सक्ने बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

संविधानको धारा ३७० हटाएर पछि मोदी पहिलोपटक जम्मू कश्मीर जान लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell