PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

चार वर्षअघि कान्छी गाउँपालिका उपाध्यक्ष बनेकी सृजना यसपटक अध्यक्षमा उम्मेदवारी दिँदै



पहिलोपोस्ट

चार वर्षअघि कान्छी गाउँपालिका उपाध्यक्ष बनेकी सृजना यसपटक अध्यक्षमा उम्मेदवारी दिँदै

काठमाडौं : २०७४ सालको स्थानीय तहको निर्वाचनमा कान्छी गाउँपालिका उपाध्यक्ष बनेकी सृजना लामाले यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी छिन्। २१ वर्षको उमेरमा उपाध्यक्ष बनेकी लामाले सोमबार निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दिँदै छिन्। रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षका लागि उनले नेकपा एमालेबाट अध्यक्ष पदको लागि टिकट पाएकी छिन्।

'भोली मात्र दर्ता गर्ने तयारी भएको छ। टिकट पक्का भइसकेको छ। जनताको साथ र मायाले गर्दा नै टिकट पाउन सफल भएको छु,' सृजनाले भनिन्।

२०५२ साल मंसिर ४ गते जन्मेकी सृजना लामाले २०७४ वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा नेकपा एमालेका तर्फबाट १६ सय ९ मत ल्याउँदै विजयी भएकी थिइन् उनी। सानै उमेर उपाध्यक्षको जिम्मेवारी पाउँदा कसरी काम गर्ने भन्ने दुविधा थियो त्यसबेला उनमा। तर ५ वर्ष गाउँपालिकाको उपाध्यक्ष बनेकी उनी अहिले अनुभवले परिपक्व भएको बताउँछिन्।

'आफुले गाउँपालिकामा गरेको कामले फेरि जनताले पत्याउनु भएको छ। अब त झन् गाउँको विकासको लागि काम गर्ने छु,' सृजनाले भनिन्।

निर्वाचन कार्यक्रमअनुसार आज र भोलि दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ। वैशाख १२ गते मनोनयनपत्र दर्ता हुने समय सकिएपछि उम्मेदवारको सूची प्रकाशन गर्ने र वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell