PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

काठमाडौं महानगर निर्वाचन कार्यालयको दृश्य : उम्मेदवारको पर्खाइमा कर्मचारी

काठमाडौं महानगर निर्वाचन कार्यालयको दृश्य : उम्मेदवारको पर्खाइमा कर्मचारी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : निर्वाचन कार्यक्रमअनुसार आज र भोलि वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। ७७ वटै जिल्लामा दुई दिन उम्मेदवार दर्ता हुँदैछ।

काठमाडौं महानगरपालिकाको लागि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ। बिहान १० बजे अगाडि नै निर्वाचन अधिकृत सहित कर्मचारीहरु पुगेर मनोनयन दर्ताको सम्पूर्ण तयारी गरिसकेका छन्।

बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता छुट्याइए पनि सभागृहमा अहिले निर्वाचनको माहोल देखिएको छैन। कर्मचारीहरु दर्ताको अन्तिम तयारी गरेर उम्मेदवार पर्खिरहेका छन्।

निर्वाचन कार्यक्रमअनुसार यही वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell