PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

काठमाडौं महानगर प्रमुखमा लड्न केशव स्थापितले दिए प्रदेश सभाबाट राजीनामा



पहिलोपोस्ट

काठमाडौं महानगर प्रमुखमा लड्न केशव स्थापितले दिए प्रदेश सभाबाट राजीनामा

काठमाडौं : नेकपा एमालेका नेता केशव स्थापितले वाग्मती प्रदेशसभा सांसद पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले आज राजीनामा दिएका हुन्।

एमालेले स्थापितलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ। निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार हुन जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि स्थापितले राजीनामा दिएका हुन्। हेटौंडाबाट काठमाडौं फर्किएपछि उनले राष्ट्रिय सभागृहमा गएर मनोनयन दर्ता गराउने बुझिएको छ।

एमालेको शनिवार बसेको सचिवालयको बैठकले काठमाडौंको मेयरमा स्थापितलाई अघि सारेको थियो। यसअघि पनि मेयर भइसकेका स्थापितलाई एमालेले यो पटकको स्थानीय तहको निर्वाचनमा आफ्नो रणनीतिक उम्मेदवार भएको बताएको छ। उपमेयरमा पूर्व मिस नेवा : सुनिता डंगोललाई एमालेले अघि सारेको छ। जिल्ला कमिटीले डंगोललाई सिफारिस नगरेको भए पनि एमालेले सत्ता गठबन्धनका उम्मेदवारलाई डंगोलले हराउन सक्ने भन्दै अघि सारेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell