PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

तुलसीपुर र घोराहीमा गठबन्धन र एमालेले टुंग्यायो उम्मेदवार



पहिलोपोस्ट

तुलसीपुर र घोराहीमा गठबन्धन र एमालेले टुंग्यायो उम्मेदवार

काठमाडौं : सत्तारुढ दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का नेता जोगबहादुर राना उम्मेदवार बन्ने भएका छन्। त्यस्तै नेकपा (एमाले)ले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई प्रमुख र स्यानी चौधरीलाई उपप्रमुखमा उम्मेदवार बनाएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए।

घोराही उपमहानगरपालिकामा सत्तासाझेदारदलबाट माओवादी केन्द्रका हेमराज शर्मा नगरप्रमुखमा र उपप्रमुखमा कांग्रेसका भूपबहादुर  डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस जिल्ला सभापति शङ्कर डाँगीले जानकारी दिए। एमालेले हालका नगरप्रमुख नरुलाल चौधरीलाई दोहोर्‍याएको छ भने उपप्रमुखमा हुमा डिसीलाई उम्मेदवार बनाएको छ।

यसैबिच जिल्लामा आज मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell