PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

आठौं खेलमा पहिलो जितको खोजीमा मुम्बई इण्डियन्स



पहिलोपोस्ट

आठौं खेलमा पहिलो जितको खोजीमा मुम्बई इण्डियन्स
फाइल फोटो: आईपीएल

अघिल्लो खेलको अन्तिम ओभरमा चेन्नइका महेन्द्रसिंह धोनीले जयदेव उनदकटको बलमा ब्याक टू ब्याक बाउन्ड्री प्रहार गर्दै खेलमा चेन्नइलाई जित दिलाए। र, आईपीएलको सर्वाधिक सफल टोली मुम्बई इन्डियन्सले लगातार सात खेलमा पराजय ब्यहोरेको खराब कीर्तिमान बनायो। अंक तालिकामा मुम्बइलाई यो भन्दा तल रहन स्थान छैन, बाँकी छ त साख जोगाउँदै जित निकाल्ने।

आईपीएलको आधा सिजन चलिरहँदा मुम्बईका ओपनरद्वय कप्तान रोहित शर्मा र इशान किशन आफ्नो खराब फर्मलाई पछि छाड्न सकिरहेका छैनन्। किइरन पोलार्डले पनि एउटै पारीमा २५ रन कटाउन बाँकी नै छ। त्यस्तै धुरन्धर बलर जसप्रीत बुमराहको लय पनि फर्किएको छैन। सात खेलमा उनले मात्र ४ विकेट लिन सकेका छन्। प्लेअफको होडमा पछि परिसकेको मुम्बईलाई अब प्रतिस्ठा जोगाउने चुनौती छ।

अर्कोतर्फ आईपीएलको नवप्रवेशी टोली लखनउलाई सहज छैन। सात खेलमध्ये ४ वटामा जित निकाल्दै ८ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ। अघिल्लो खेलमा बेङ्ग्लोरका फाफ डूप्लिसिसको सानदार पारीसँगै पराजय ब्यहोरेको लखनउ मुम्बईमाथि जितको खोजीमा हुनेछ।

बलिङमा ठीकठाक देखिएको लखनउको ब्याटिङको मिडल अर्डरमा समस्या देखिन्छ। कप्तान केएल राहुलले उत्कृष्ट ब्याटिङ गर्दै २६५ रन बनाइसकेका छन्। अर्का ब्याट्सम्यान क्विन्टन डीकक पनि फर्ममा देखिन्छन्। बलिङमा अवेश खान र रवि विश्नोइले राम्रो प्रदर्शन गरिरहेक छन् भने जेसन होल्डर र मार्कस स्टोइनिस जस्ता अलराउण्डरको उपस्थितिले लखनउलाई थप बलियो बनाएको छ।

मुम्बइस्थित वानखेडे स्टेडियममा साँझ पौने ८ बजे यी दुई टोली आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell