PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

काठमाडौं महानगर प्रमुखमा पहिलो उम्मेदवारले गराए मनोनयन दर्ता, भने : म जित्न आएको होइन



पहिलोपोस्ट

काठमाडौं महानगर प्रमुखमा पहिलो उम्मेदवारले गराए मनोनयन दर्ता, भने : म जित्न आएको होइन

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुखका लागि आनन्द राज जोशीले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट जोशीले मनोनयन दर्ता गराएका हुन्।

सभागृह पुगेर मनोनयन दर्ता गराउने जोशी पहिलो उम्मेदवार हुन्।

मनोनयन दर्ता गराएपछि जोशीले आफू जित्न नआएको प्रतिक्रिया दिए। भने, ‘जित्न आएको होइन। राम्रो मान्छेलाई जिताउन आएको। अरुलाई हराउन आएको।’

जोशी काठमाडौंको वसन्तपुर क्षेत्र नजिकै रहेको ढोकाटोलका बासिन्दा हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell