PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मुगुमा गठबन्धनले मित्रवत् प्रतिस्पर्धा गर्ने, यी पालिकाबारे भयो सहमति



पहिलोपोस्ट

मुगुमा गठबन्धनले मित्रवत् प्रतिस्पर्धा गर्ने, यी पालिकाबारे भयो सहमति

काठमाडौं : मुगुमा सत्तारुढ दलहरुबिच मित्रवत् प्रतिस्पर्धा गरेर निर्वाचनमा जाने सहमति भएको छ। जिल्लामा रहेका चार स्थानीय तहमा ती दलबिच बाँडफाँटबारे शनिबार साँझ सहमति हुन नसकेपछि मित्रवत प्रतिस्पर्धामा जाने निर्णय भएको हो।

आइतबार र सोमबार दुई दिन उम्मेदवारको मनोनयन दर्ताको समय भएकाले शनिबारसम्म सहमति गर्ने वा नगर्ने दबाबमा दलहरू थिए।

सहमतिअनुसार छायाँनाथ रारा नगरपालिकामा रहेका १४ वडामध्ये नौ वडासहित नगरप्रमुख, खत्याड र सोरु गाउँपालिकामा रहेका ११ वडामध्ये ५-५ वडासहित उपाध्यक्ष र मुगुम कार्मारोङमा रहेका नौ वडामध्ये ५ वडासहित अध्यक्षमा कांग्रेसलाई सत्तासाझेदार दलहरूले सहयोग गर्ने सहमति भएको कांग्रेस मुगुका उपसभापति हरिजङ्ग शाहीले जानकारी दिए।

यस्तै छायाँनाथ रारामा उपप्रमुख, खत्याडमा अध्यक्ष र मुगुम कार्मारोङमा उपाध्यक्ष माओवादीले र सोरुको प्रमुख समाजवादीले उम्मेदवार उठाउने सहमति भएको छ। वडा सङ्ख्यामात्र सहमति भएकाले जिल्लाभरि कुन-कुन वडा कुन पार्टीले लिने र कति सदस्य कसले लिनेबारे आज सहमति गरेर उम्मेदवार टुङ्गो लगाउने र उम्मेदवारी दर्ता गठबन्धन दलहले सोमबार गर्ने उपसभापति शाहीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell