PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

प्यानलसहित मनोनयन दर्ता गराउन पुगे गोपाल हमाल, धनगढी उपमहानगर प्रमुखमा दिए उम्मेदवारी



पहिलोपोस्ट

प्यानलसहित मनोनयन दर्ता गराउन पुगे गोपाल हमाल, धनगढी उपमहानगर प्रमुखमा दिए उम्मेदवारी

कैलाली : २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारसँग मेयर पदमा झन्डै ३ हजार मतले पराजित भएका गोपाल हमालले फेरि धनगढी उपमहानगरपालिकाको मेयरमा मनोनयन दर्ता गराएका छन्।

गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भइ प्रतिस्पर्धामा उत्रिएपछि पराजित भएका उनी त्यसपछि विवेकशील साझा प्रवेश गरेका थिए। तर दुई महिना अघि विवेकशील साझाबाट समेत राजीनामा दिएर फेरि उनले स्वतन्त्र रुपमा मेयरमा मनोनयन दर्ता गराएका हुन। उनले यस पटक भने ५ वटा वडामा प्यानलसहित स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी हमालले धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गराउन हमाल बाजागाजा र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

उनले उम्मेदवारी दर्ता गराउँदै बाँडिचुँडी खाने प्रवृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए। उनलाई सहयोग गर्न भनेर माओवादीबाट विजयी धनगढी–३ का वडाध्यक्ष बलबहादुर ऐरसहित वडा नम्बर ४ को अध्यक्षमा सिद्ध राज पनेरु, वडा नम्बर ५ मा पदमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि मनोनयन दर्ता गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell