PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

८४ वर्षीय वृद्ध ट्याक्सीबाट उत्रिएर लौरी टेक्दै पुगे काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन, भने : तपाईँहरू फोहोरमा बस्नु आवश्यक छैन

८४ वर्षीय वृद्ध ट्याक्सीबाट उत्रिएर लौरी टेक्दै पुगे काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन, भने : तपाईँहरू फोहोरमा बस्नु आवश्यक छैन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : एक जना ८४ वर्षीय वृद्ध काठमाडौंको मेयर पदमा उम्मेदवार दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। आज मध्यान्ह प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दिन पुगेका रविकान्त मानन्धर अहिलेसम्मकै पाका उम्मेदवार हुन्। उनी स्वतन्त्रतर्फबाट महानगरको मेयरको उम्मेदवारी दिन लागेको बताए।

काठमाडौं महानगरपालिका वडा नम्बर १९मा जन्मिएका मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्नको लागि आफूले उम्मेदवारी दिन लागेको बताए। उनी हातमा लौरो टेक्दै सभागृह पुगेका थिए।

'तपाईँहरू जम्मै अहिलेसम्म फोहोरमा बस्नु भयो। एभ्री सेकेन्ड फोहोरमा बसिरहनु भएको छ। तपाईँहरू यो फोहोरमा बसिरहन आवश्यक छैन,' मानन्धरले भने।

उनी अघि काठमाडौं महानगरपालिका प्रमुखका लागि आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराइसकेका छन्। राष्ट्रिय सभागृह स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट जोशीले मनोनयन दर्ता गराएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell