PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जनकपुरधाममा सुरु भयो चुनावी रौनक, निर्वाचन कार्यालय पुग्न थाले उम्मेदवार



पहिलोपोस्ट

जनकपुरधाममा सुरु भयो चुनावी रौनक, निर्वाचन कार्यालय पुग्न थाले उम्मेदवार

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि आकांक्षीहरुको उम्मेदवारी दर्ता सुरु भएको छ। मधेश प्रदेशको राजधानी एवं धनुषाको एक मात्र उपमहानगर जनकपुरधाममा वडाध्यक्ष तथा वडा सदस्यका लागि आकांक्षीहरुको उम्मेदवारी दर्ता गराउन थालेका हुन्।

जनकपुरधाममा २५ वटा वडा रहेको छ। यहाँ राजनीतिक दलहरुले भने उम्मेदवारको टुंगो अझै पनि लगाउन सकेका छैनन्।

 अहिलेसम्म लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र उम्मेदवारको टुंगो लगाउन सकेका छन्। नगर प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरी, जनता समाजवादी पार्टीबाट लाल किशोर साह र जनमत पार्टीले अनिता देवि साहलाई उम्मेदवार बनाउने टुंगो लगाएको छ।

स्वतन्त्रबाट निर्माण व्यवसायी बलराम महतो, नेपाली कांग्रेस परित्याग गरेर मनोज साह र बैधनाथ साहले उम्मेदवारी दिने घोषणा गरेका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell