PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

सत्तारुढ गठबन्धनले धादिङमा टुंग्यायो भागबण्डा, कांग्रेसको भागमा सात स्थानीय तह



पहिलोपोस्ट

सत्तारुढ गठबन्धनले धादिङमा टुंग्यायो भागबण्डा, कांग्रेसको भागमा सात स्थानीय तह

काठमाडौं : सत्तारुढ गठबन्धनका तीन दलले धादिङमा भागबण्डा टुंग्याएका छन्। धादिङका १३ स्थानीय तहमध्ये कांग्रेसले सात स्थानीय तहको प्रमुख पाएको छ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ३ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहको प्रमुख पाएका छन्। एक स्थानीय तहमा भने टुंगो लाग्न सकेको छैन।

प्रदेशस्तरीय गठबन्धनको बैठकले भागबण्डालाई टुंगो लगाएको हो। जसअन्तर्गत माओवादी केन्द्रले चार स्थानीय तहमा उपप्रमुख पाएको छ। त्यस्तै, एकीकृत समाजवादीले पाँच स्थानीय तहमा उपप्रमुख पाएको छ। कांग्रेसको भागमा तीन वटा उपप्रमुख परेको छ। 

धाक्रे गाउँपालिकामा भने गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले टुंग्याउने सहमति भएको छ। त्यस्तै, जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादीले राख्ने सहमति जुटेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell