PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र



पहिलोपोस्ट

कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

काठमाडौं : नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले आइतवार दिउँसो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

यसअघि नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक गरिरहेका छन्।

कांग्रेसले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेदवारको टुंगोसमेत लगाउन सकेको छैन। उम्मेदवार टुंगो लगाउन शुक्रवार र शनिवार डाकिएको केन्द्रीय सम्पादन समितिको बैठक स्थगित भएको छ। सहमति जुटेमा आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइने तयारी कांग्रेसले गरेको छ।

यद्यपि, वागी उम्मेदवारको डरले कांग्रेसले अन्तिम समयमा मात्र उम्मेदवार टुंगो लगाउने नीति लिएको बताइएको छ। आज दिउँसो ३ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको छ। उक्त बैठकपछि कांग्रेसले उम्मेदवारको टुंगो लगाउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell