PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

जनकपुरधाम उपमहानगर प्रमुखमा जनमत पार्टीबाट अनिता साहद्वारा मनोनयन दर्ता



पहिलोपोस्ट

जनकपुरधाम उपमहानगर प्रमुखमा जनमत पार्टीबाट अनिता साहद्वारा मनोनयन दर्ता

जनकपुरधाम : स्थानीय तह निर्वाचनमा पहिलो पटक सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएको छ।

जनमत पार्टीबाट उपमहानगर प्रमुखमा अनिता साहले मनोनयन दर्ता गराएकी छन्। निर्वाचन कार्यालय पुगेर उनले आज मनोनयन पत्र दर्ता गराएकी हुन्।

गठबन्धनबाट जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार हुने सहमति भइसकेको छ। तर, कांग्रेसका स्थानीय नेताहरुले भने केन्द्रको निर्णयको विरोध गरिरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell