PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

रुपन्देहीमा यी हुन् एमालेका उम्मेदवार, कुन पालिकामा को ?



रमेश पराजुली

रुपन्देहीमा यी हुन् एमालेका उम्मेदवार, कुन पालिकामा को ?

बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले रुपन्देहीका सबै पालिकाहरुमा उम्मेदवारहरू टुंगो लगाएको छ।

एमालेले बुटवल उपमहानगरपालिकाको प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ। उपमहानगरका उम्मेदवारहरूको टुंगो शनिबार राति लागेको थियो।

त्यस्तै एमालेले तिलोत्तमा नगरपालिकामा मोहन चापागाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ।  उपप्रमुखमा जागेश्वरदेवी चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। एमालेले चौधरीलाई पुनः उपप्रमुखमा दोहोराएको हो। त्यस्तै सैनामैना नगरपालिकाको प्रमुखमा चित्र बहादुर कार्की र उपप्रमुखमा विना मगर रहेकी छिन्। सैनामैनामा दुवै जना दोहोरिएका हुन्।

त्यस्तैगरि देवदह नगरपालिकामा धुरव खरेल प्रमुख र विद्यालक्ष्मी गुरूङलाई उपप्रमुखमा अगाडि सारिएको छ। सिद्धार्थनगर नगरपालिकामा डा. रामप्रसाद बस्याल प्रमुखमा र उमा अधिकारीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको छ। त्यस्तै ओमसतिया गाउँपालिका अध्यक्षमा मञ्जितकुमार यादव र उपाध्यक्षमा निर्मलाकुमारी निसादलाई एमालेले अगाडि सारेको  ।

त्यस्तैगरी शुद्धोधन गाउँपालिकामा किशुनचन्द्र चौधरी अध्यक्ष र उपाध्यक्षमा शान्त ज्ञवालीको उम्मेदवार रहेका छन।  त्यस्तैगरी त्यस्तैगरी सियारी गाउँपालिकाको अध्यक्षमा अयोध्यक्ष थारु र उपाध्यक्षमा अमृता गुरूङलाई एमालेले दोहोराएको छ।

रोहणी गाउँपालिकाको अध्यक्षमा सनोजकुमार यादव र उपाध्यक्षमा बसन्ती पाण्डे रहेकी छन। यादव हालै एमाले प्रवेश गरेका थिए। मायादेवी गाउँपालिकामा लाला लोध अध्यक्ष र सन्नु चाई उपाध्यक्षका रुपमा अगाडि सारिएको छ। मर्चवारी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा कमलेश यादव र विन्द्रावती गौडलाई अगाडि सारेको छ। समरीमाई गाउँपालिका प्रमुखमा मुस्लिम खाँन र उपप्रमुखमा पिंकला लोधलाई एमालेले उम्मेदवार बनाएको छ।

यस्तै, कोटहीमाई गाउँपालिका अध्यक्षमा श्यामसुन्दर यादव र माया साहनीलाई उपाध्यक्षमा एमालेले अगाडि सारेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा रमावती यादव र उपप्रमुखमा कल्पना हरिजन रहेका छन्। गैडहवा गाउँपालिका अध्यक्षमा सुरेन्द्र पौडेल र उपाध्यक्षमा माधुरी जैसवाल उम्मेदवार रहेका छन्। कञ्चन गाउँपालिकाको अध्यक्ष भने दिननाथ आचार्य र उपाध्यक्षमा ओमकली रावडी रहेका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell