PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

चुनावका लागि कांग्रेसको सङ्कल्प : सबल स्थानीय सरकार निर्माणका लागि पाँच खम्बे नीति



पहिलोपोस्ट

चुनावका लागि कांग्रेसको सङ्कल्प : सबल स्थानीय सरकार निर्माणका लागि पाँच खम्बे नीति

काठमाडौं : नेपाली कांग्रेसले ‘सबल स्थानीय सरकार : समुन्न गाउँ, समुन्नत नगर’ निर्माण गर्ने पाँच खम्बे सङ्कल्प सार्वजनिक गरेको छ। 

स्थानीय तह निर्वाचनलाई लक्षित गरी सार्वजनिक भएको सङ्कल्पमा समुन्नत गाउँ तथा नगर निर्माणका लागि पाँच वटा खम्बालाई प्राथमिकतामा राखेको छ। उसले शिक्षा तथा स्वास्थ्य, प्राकृतिक स्रोत तथा वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार र कृषि, रोजगारी र उद्यमलाई पाँच खम्बाको रुपमा व्याख्या गरेको छ।

असल शासन - पारदर्शिता र जवाफदेहिता, नागरिकसँगको सहकार्य, नागरिक स्वतन्त्रता, सामाजिक रुपान्तरण, संघ र प्रदेशसँगको समन्वय कानुनी, नीतिगत तथा संस्थागत क्षमता विकास, स्रोतको समुचित व्यवस्थापनलाई आफ्नो सङ्कल्पको रुपमा कांग्रेसले अगाडि सारेको छ।

कांग्रेसले समुन्नतका आर्थिक-सामाजिक आधारहरु भन्दै सुशासन, नागरिकको ज्ञान, सीप र क्षमतामा वृद्धि, सबै नागरिकलाई उद्यमशील बनाउने, नागरिकको समान पहुँच र अधिकार, फराकिलो समुन्नति र आर्थिक सामर्थ्य, उन्नत पुँजी, प्रविधि, नीतिगत र वैज्ञानिक ज्ञानका साथै कनेक्टिभिटीसम्मलाई समावेश गरेको छ।

त्यस्तै, जलवायु-अनुकुलन उत्पादनको स्रोत र गन्तव्य, गैरआवासीय नेपालीको पुँजी, ज्ञान र सीपको उपयोग लगायतलाई सङ्कल्प मार्फत कांग्रेसले सम्मुन्नतिका आधारको रुपमा प्रस्तुत गरेको छ।

कांग्रेसले ‘सबल स्थानीय सरकार : हाम्रो मुलभूत सिद्धान्त’ भन्दै नागरिकको स्वतन्त्रता र सम्मान, असल शासन र जवाफदेहिता, सहज र प्रभावकारी सेवा प्रवाह, नीतिगत कानुनी तथा संस्थागत क्षमता विकास, स्रोतको उचित व्यवस्थापन, समन्वय, सहाकार्य र साझेदारी, सामाजिक रुपान्तरणको मूल अभियान, प्रमाण, तथ्य र तथ्याङ्ककका आधारमा बजेट, नीति र योजना तर्जुमा तथा सूचना प्रविधिको प्रयोगलाई जोड दिने जनाएको छ।

यस्तै, कांग्रेसले चुनावी सङ्कल्पमा पर्यटन विकासको चार तारे मोडलसमेत सार्वजनिक गरेको छ। चारवटा तारको रुपमा गन्तव्य विकास, गतिविधि सिर्जना, क्षमता विकास र बजारको पहिलचान/प्रवर्द्धनलाई राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell