PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मकवानपुरको बकैयामा कांग्रेसले गठबन्धन नगर्ने



पहिलोपोस्ट

मकवानपुरको बकैयामा कांग्रेसले गठबन्धन नगर्ने

हेटौंडा : नेपाली कांग्रेस बकैया कार्यसमितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको छ। आइतवार हेटौंडा स्थित जिल्ला पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस बकैयाले ५ दलीय गठबन्धन तोडेको जानकारी दिएको हो।

कांग्रेस बकैयाका सभापति दिल बहादुर बोम्जन लामाले कार्यसमिति र १२ वटै वडा सभापतिको सामूहिक निर्णयबाट गठबन्धनमा रहेका दलहरु र अन्य दलहरुसँग मितव्ययी रुपमा चुनावी प्रतिस्पर्दामा जाने निर्णय गरेको बताए। उम्मेदवारी दिन आइतवार र सोमवार समय भए पनि गठबन्धन छोडर एकल उम्मेदवारी दिने तयारीमा कांग्रेस लागिपरेको छ।

हेटौंडा उपमहानगरपालिकामा पनि एकिकृत समाजदवादीलाई मेयर पद दिने केन्द्रीय गठबन्धनमा निर्णय भएपछि कांग्रेसका कार्यकर्ताहरु विरोधमा उत्रिएका थिए।

अहिले कांग्रेस मकवानपुर पार्टी कार्यालयमा सयौं कार्यकर्ताहरुको भेला भएका छन्। झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अहिले पार्टी कार्यालयमा सुरक्षार्कमीहरु तैनाथ अवस्था छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell