PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

परिवारका सदस्यलाई सल्लाहकार र सहयोगी नियुक्त नगर्ने कांग्रेसको वाचा



पहिलोपोस्ट

परिवारका सदस्यलाई सल्लाहकार र सहयोगी नियुक्त नगर्ने कांग्रेसको वाचा

काठमाडौं : नेपाली कांग्रेसले नातेदार र परिवारका सदस्यलाई सल्लाहकार र विज्ञ नबनाउने घोषणा गरेको छ। आइतबार आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले संकल्प पत्र सार्वजनिक गरेको हो।

'नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौं,' संकल्प पत्रमा भनिएको छ। अनुत्पादक क्षेत्रमा खर्च नगर्ने, प्राकृतिक स्रोत साधनको दोहोन नगर्ने लगायतका बुँदा पनि संकल्पमा उल्लेख छ।

के गर्ने? के नगर्ने भन्दै संकल्प प्रस्तावमा विभिन्न बुँदाहरु राखिएका छन्। स्थानीय सरकार बनेको दुई महिनामा 'अडिट'गर्ने, स्थानीय सरकारको माग बमोजिम बजेट बिनियोजन गर्ने पनि कांग्रेसले वाचा गरेको छ।

भूउपयोग ऐन अनुसार स्थानीय भूउपयोग परिषद गठन गर्ने पनि कांग्रेसको योजना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell