PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

विक्रम लामा बने फुटबल खेलाडी संघको अध्यक्ष



पहिलोपोस्ट

विक्रम लामा बने फुटबल खेलाडी संघको अध्यक्ष
तस्बीर: एन्फा

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी तथा थ्री स्टार क्लबका कप्तान विक्रम लामा फुटबल खेलाडी संघको अध्यक्षमा निर्वाचित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन कमिटीले आइतवार लामालाई खेलाडी संघको अध्यक्षमा निर्विरोध निर्वाचित घोषणा गरेको हो।

त्यस्तै विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन उपाध्यक्षमा निर्वाचित भएका छन् भने रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ पनि सदस्यमा निर्विरोध निर्वाचित भएको छ।

अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष लामाले खेलाडीको कल्याणका लागि काम गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell