PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

सात केजी हेरोइनसहित दुई महिला समातिए, जाम्बियाकी महिलाले साउथ अफ्रिकाबाट कतार हुँदै नेपाल ल्याएकी थिइन् लागुऔषध



पहिलोपोस्ट

सात केजी हेरोइनसहित दुई महिला समातिए, जाम्बियाकी महिलाले साउथ अफ्रिकाबाट कतार हुँदै नेपाल ल्याएकी थिइन् लागुऔषध

काठमाडौं : लागुऔषध हेरोइनसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले जाम्बियाकी ३५ वर्षीय र भारत घर भएकी ३५ वर्षीया महिलालाई नियन्त्रणमा लिएको हो।

जाम्बियाकी महिला बैशाख ३ गते साउथ अफ्रिकाबाट कतारको दोहा हुँदै काठमाडौं ‌आएकी थिइन्। उनले ल्याएको सुटकेसभित्र फल्सबटम बनाई सात केजी हेरोइन ल्याएको भेटिएको थियो।

बैशाख ४ गते लाजिम्पाटको एक होटेलबाट भारतीय महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी जाम्बियाकी महिलाले ल्याएको हेरोइन लिनको लागि भन्दै काठमाडौं आएकी थिइन्। विदेशबाट ल्याएको लागुऔषध नेपाल हुँदै भारतसम्म पुर्‍याउने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रहरीले बरामद गरेको लागुऔषधको बजार मूल्य करिब १४ करोड रुपैयाँ पर्ने प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell