PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

स्थानीय तह निर्वाचन : प्युठानमा एमालेले छान्यो उम्मेदवार, कुन पालिकामा को चुनिए?



पहिलोपोस्ट

स्थानीय तह निर्वाचन : प्युठानमा एमालेले छान्यो उम्मेदवार, कुन पालिकामा को चुनिए?
फाइल फोटो।

बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि प्युठानमा नेकपा (एमाले)ले उम्मेदवारको टुंगो लगाएको छ। ९ स्थानीय तह रहेको प्युठानमा एमालेले आइतवार उम्मेदवारहरुको टुंगो लगाएको हो।

एमालेले प्यूठान नगरपालिकाको प्रमुखमा विजय विराज विष्ट र उपप्रमुखमा पवित्रा जीसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर विश्वकर्मा र उपाध्यक्षमा वसन्ता खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको जिल्ला सचिव माधव शर्माले जानकारी दिए।

त्यस्तै, स्वर्गद्वारी नगरपालिकामा रामप्रसाद श्रेष्ठ नगरप्रमुख र गौरी वरापातिलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरिएको छ। माण्डवी गाउँपालिकाको अध्यक्षका लागि श्रीधर रोका  र उपाध्यक्षका लागि सम्झना घर्तीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। उनीहरु दुवै जना पुनः दोस्रो कार्याकालका लागि दोहोरिन लागेका हुन्।

यस्तै, ऐरावती गाउँपालिमा अध्यक्षका लागि श्यामबहादुर थापा र उपाध्यक्षका लागि कमला कुमारी ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। मल्लरानी गाउँपालिकामा अध्यक्षका लागि सुनिल शाही र उपाध्यक्षमा ईश्वरा आचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

यसैगरी, एमालेले प्यूठानको नौवहिनी गाउँपालिकामा अध्यक्षका लागि डिलबहादुर थापा र उपाध्यक्षका लागि विष्णु थापा केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। गौमुखी गाउँपालिकाको अध्यक्षमा जुमानसिंह जीसी र उपाध्यक्षमा ज्ञानुमाया केसीलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

झिमरुक गाउँपालिकामा विष्णु घर्तीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय भऐको छ। आइतवार साँझसम्म अध्यक्षमा उठ्ने उम्मेदवारको नाम समेत टुंग्याइने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell