PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बैशाख ३१ गते ‘कालीप्रसाद बास्कोटा लाइभ’ कन्सर्ट हुने



पहिलोपोस्ट

बैशाख ३१ गते ‘कालीप्रसाद बास्कोटा लाइभ’ कन्सर्ट हुने

काठमाडौं : बैशाख ३१ गते काठमाडौंमा ‘कालीप्रसाद बास्कोटा लाइभ’ कार्यक्रम आयोजना हुने भएको छ। काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा हुने कन्सर्टमा गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले प्रस्तुति दिनेछन्।

‘कालीप्रसाद बासकोटा लाइभ’ कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीई) नेटवर्क हो। पीभीई नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलईडी स्क्रिनमा बास्कोटा गुञ्जिनेछन्।

कोरोना महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुति हुनेछ। धेरैपछि प्रस्तुति दिन पाउँदा निकै उत्साहित रहेको उनले बताए। साथै, कार्यक्रममा अन्य कलाकारहरुको नृत्य प्रस्तुति समेत रहनेछ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell