PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आक्रोशित कार्यकर्ताले बैठकमा बसेका कांग्रेस जिल्ला पदाधिकारीलाई थुने



पहिलोपोस्ट

आक्रोशित कार्यकर्ताले बैठकमा बसेका कांग्रेस जिल्ला पदाधिकारीलाई थुने

पोखरा : स्थानीय तहको निर्वाचनमा गठबन्धनसँग भएको सिट बाँडफाँडबाट असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले जिल्ला कार्य समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन्।

पोखरा महानगरपालिकाको प्रमुख पद एकीकृत समाजवादी पाउने निर्णय भएसँगै रुष्ट बनेका कांग्रेस कार्यकर्ताले पोखरामा प्रमुख पद कांग्रेसले पाउनुपर्ने माग राख्दै थुनेका हुन्। पोखरा १८ का तरुण दल सभापति सागर जङ्ग तिमिल्सिनाले गठबन्धनबाट पार्टीलाई कमजोर बनाउने निर्णयको विरोध गरेको बताए।

'माथिबाट जुन गठबन्धन लादिएको त्यसको प्रतिउत्तर हो यो। पार्टीलाई कमजोर बनाउने प्रयासको विरोध गरेको हो,' उनले भने,'आधिकारिक निर्णय दिन नसकेको कारण अहिले बाध्यकारी कदम हो।'

आज देशभर नै स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell