PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मकवानपुरको १० वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार, कुन पालिकामा को?



पहिलोपोस्ट

मकवानपुरको १० वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार, कुन पालिकामा को?

हेटौंडा : नेकपा एमालेले मकवानपुरको १० वटा स्थानीय तहमा उम्मेदवारको नाम टुंग्याएको छ। एमाले जिल्ला कमिटिले गरेको सिफारिसको आधारमा वाग्मती प्रदेश कमिटिले उम्मेद्वारको नाम टुंगो लगाएको प्रदेशका उप–सचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए।

उनका अनुसार केन्द्रले टुंगो लगाएको हेटौँडा उपमहानगरपालिका बाहेक बाँकी ९ स्थानीय तहमा प्रदेश कमिटिको बैठकले उम्मेदवार टुंगो लगाएको हो।

हेटौंडा उपमहानगर प्रमुखको उम्मेदवारमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्लेको नाम केन्द्रीय कमिटिले टुंग्याएको थियो। प्रदेश कमिटिले मकवानपुरको बागमति गाउँपालिका अध्यक्षमा खेमराज जर्गामगर र  उपाध्यक्षमा धनमाया स्याङ्तानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बकैया गाउँपालिकाको अध्यक्षमा सरला बोलखे र उपाध्यक्षमा लालबहादु स्याङ्तान, मकवानपुरगढी गाउँपालिका अध्यक्षमा बिदुर हुँमगाई र उपाध्यक्षमा सन्तु थिङ, भीमफेदी गाउँपालिका अध्यक्षमा हिदम लामा र उपाध्यक्ष पार्वती राना, इन्द्रसरोबर गाउँपालिका अध्यक्षमा स्देबकृष्ण पुडासैनी र  उपाध्यक्षमा उमा लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ।

यस्तै, थाहा नगरपालिका प्रमुखमा अच्युतम ढकाल र उपप्रमुखमा कल्पना बलामी, कैलाश गाउँपालिका अध्यक्षमा नरेन्द्रलाल रिजाल र उपाध्यक्षमा सुकुमाया थिङ, राक्सिराङ गाउँपालिका अध्यक्षमा बाबुलाल स्याङतान र उपाध्यक्षमा सुन्तलीमाया प्रजा र मनहरी गाउँपालिका अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङ्लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell