PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

हुलाकबाट पठाएको चक्लेटमा गाँजा र चरेस भेटियो



पहिलोपोस्ट

हुलाकबाट पठाएको चक्लेटमा गाँजा र चरेस भेटियो

काठमाडौंः हुलाकबाट पठाएको चक्लेट गाँजा तथा चरेस भेटिएको  प्रहरीले जानकारी दिएको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले केही समयको अनुसन्धानपछि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार काठमाडौं शाखामा बेलायतबाट पठाएको कार्टुन भित्र रहेको चकलेटमा गाँजा तथा चरेस भेटिएको ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

कार्टुनभित्र रहेको ४ किलो ४ सय १८ ग्राम चकलेटभित्र गाँजा तथा चरेस भेटिएको हो। प्रहरीले यस घटनामा संलग्न देखिएपछि वीरगन्जका २२ वर्षीय राज शिखर गुप्तालाई नियन्त्रणमा लिएको छ। उनको साथबाट जर्मनीबाट पठाएको अर्को कार्टुन समेत फेला पारेको छ। कार्टुनमा नाम नखुलेको ५ सय वटा लागु औषधको ट्याब्लेट समेत फेला पारेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell