PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

६ महानगर र भक्तपुरका ४ नगरमा उम्मेदवार अनुसारको मतपत्र हुने आयोगको निर्णयप्रति एमालेको आपत्ति



पहिलोपोस्ट

६ महानगर र भक्तपुरका ४ नगरमा उम्मेदवार अनुसारको मतपत्र हुने आयोगको निर्णयप्रति एमालेको आपत्ति

काठमाडौं : निर्वाचन आयोगले ६ महानगर र भक्तपुरका ४ नगरपालिका गरि १० स्थानीय तहमा उम्मेदवारको संख्याका आधारमा मत पत्र डिजाइन गर्ने तयारी गरेको छ। मनोनयन दर्तापछि उम्मेदवारको संख्या हेरेर मतपत्र छाप्ने आयोगको तयारी छ। 

नेकपा एमालेले भने आयोगको उक्त निर्णयको विरोध गरेको छ। एमालेले सत्ता गठबन्धनलाई मात्र फाइदा हुनेगरि मतपत्र बनाउन लागेको आरोप एमाले पार्टी कार्यालयका सचिव डा. भिष्म अधिकारीले विज्ञप्ति एक जारी गर्दै आरोप लगाएका छन्।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले शनिवार पत्रकार सम्मेलनमा ८७ प्रकारका मतपत्र हुने बताएका थिए। जसमा ७७ जिल्लामा ७७ प्रकारका र बाँकी ६ महानगर र भक्तपुरका ४ नगरपालिका गरि थप १० प्रकारका मतपत्र हुने आयोगले जनाएको थियो। अरु जिल्लाहरुमा भने उम्मेदवार तय गरेपछि मतपत्र छाप्न नसकिने भएकाले बाँकी जिल्लाहरुमा पहिल्यै मतपत्र छापिएको आयोगको भनाइ थियो।

६ महानगर र भक्तपुरका ४ नगरमा आयोगले उम्मेदवार हुनेहरुको मात्रै निर्वाचन चिह्न हुने बताएपछि एमाले आयोगसँग रुष्ट भएको हो। यसअघि एमालेले आयोगले मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने भन्दै गरेको निर्णयको पनि विरोध गरेको थियो। मनोनयनका लागि दुई दिन छुट्याएकोमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell