PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

हेटौँडा उपमहानगरको मेयर पदका लागि ६ जनाले गरे उम्मेदवारी दर्ता



पहिलोपोस्ट

हेटौँडा उपमहानगरको मेयर पदका लागि ६ जनाले गरे उम्मेदवारी दर्ता

हेटौँडा : बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आइतवार हेटौँडा-२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट २ जना गरी ६ जनाले मेयर पदको लागि उम्मेदवारी दर्ता गराएका हुन्।

मेयर पदका लागि नेकपा (एकीकृत समाजवादी)बाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई र सचेत नेपाली पार्टीबाट राम प्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी, स्वतन्त्रतर्फबाट लिला कुमारी आचार्य र देव राज पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, हेटौँडाको उपमेयरका लागि २ जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन्। उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरी र एकीकृत समाजवादीबाट मख कुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता सोमवार पनि हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell