PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बुद्ध एयरको विमानभित्र १० हजार ८ सय अमेरिकी डलर भेटियो, कस्को हो भन्ने पत्ता लागेन



पहिलोपोस्ट

बुद्ध एयरको विमानभित्र १० हजार ८ सय अमेरिकी डलर भेटियो, कस्को हो भन्ने पत्ता लागेन

काठमाडौं : बुद्ध एयरको विमानभित्र वेवारिसे अवस्थामा डलर फेला परेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर प्रहरीले बरामद गरेको हो।

बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्याण्ड ब्यागभित्र वेवारिसे अवस्थामा डलर फेला परेको हो।

बरामद डलर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell