PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

मकवानपुरमा एकीकृत समाजवादीलाई दुई वटा प्रमुख पद, यस्तो छ गठबन्धनको भागबन्डा



पहिलोपोस्ट

मकवानपुरमा एकीकृत समाजवादीलाई दुई वटा प्रमुख पद, यस्तो छ गठबन्धनको भागबन्डा

हेटौँडा : प्रदेशस्तरीय गठबन्धन बैठकले मकवानपुरका पालिकाहरुमा भागबन्डाको टुंगो लगाएको छ। आइतवार बसेको वाग्मती प्रदेशस्तरीय गठबन्धन बैठकले भागबन्डाको टुंगो लगाएको हो।

हेटौँडा उपमहानगरको प्रमुख नेकपा (एकीकृत समाजवादी)ले पाएको छ। हेटौँडाको उपप्रमुख नेपाली कांग्रेसले पाएको छ।

त्यस्तै, थाहा नगरपालिकाको प्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको छ भने कांग्रेसले उपप्रमुख पाएको छ।

मकवानपुरका ८ गाउँपालिकामध्ये कांग्रेसले ४, माओवादी केन्द्रले २ र एकीकृत समाजवादीले एउटा गाउँपालिकाको प्रमुख पाएको छ।

गढी गाउँपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख, भिमफेदी गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुख, ईन्द्रसरोवर गाउँपालिकामा एकीकृत समाजवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको छ।

मनहरी गाउँपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख, राक्सिराङ गाउँपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख, कैलाश गाउँपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख तथा बागमती गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको छ।

सहमति पत्रमा कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्रीले हस्ताक्षर गरेका छन्। दुवै नेताले सहमति अनुसार निर्वाचनको माहोलमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell