PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कांग्रेसमा महानगर र उपमहानगरको टिकट दिने जिम्मा देउवालाई



पहिलोपोस्ट

कांग्रेसमा महानगर र उपमहानगरको टिकट दिने जिम्मा देउवालाई

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको टिकट वितरणको जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। टिकट वितरणको लागि बिहानैबाट बसेको केन्द्रीय सम्पादन समितिको बैठकले देउवालाई उक्त जिम्मा दिएको हो।

ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिका प्रमुख र उपप्रमुख कसलाई दिने भन्नेबारे टुंगो लगाउन नसकेपछि समिति र संसदीय बोर्डले सभापतिलाई टिकटको टुंगो लगाउने जिम्मा दिएको सह-महामन्त्री बद्री पाण्डेले जानकारी दिए।

'भर्खरै बैठक सकिएको छ। टिकटको टुंगो लगाउने जिम्मा सभापतिलाई प्रदान गरेको छ,' सह-महामन्त्री पाण्डेले भने।

गठबन्धनसँग तालमेलपछि कांग्रेसले ६ महानगरमध्ये तीन महानगर र ११ उपमहानगरमध्ये ७ उपमहानगरको प्रमुख पाएको छ। ती स्थानीय तहमा उम्मेदवारको आकांक्षी बढेपछि केन्द्रीय कार्यसम्पादन समितिले अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन। विवाद बढ्दा मनोनयनको दिनसम्म पनि कांग्रेसले उम्मेदवार तय गर्न नसकेको हो।

कांग्रेस केन्द्रीय समितिले यसअघि महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको टिकट वितरण गर्न केन्द्रलाई अधिकार दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell