PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

बुटवलमा भत्कियो गठबन्धन : जसपाद्वारा उपमहानगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी



पहिलोपोस्ट

बुटवलमा भत्कियो गठबन्धन : जसपाद्वारा उपमहानगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन त्यागेर प्रमुख र उपप्रमुख पदमा एकल उम्मेदवारी दर्ता गरेको छ।

प्रमुख पदका लागि सुरज हितान मगर र उपप्रमुखमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरुले आइतबार बुटवल उपमहानगर स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

सम्मानजनक रूपमा टिकट वितरण नभएको भन्दै जसपा सत्ता गठबन्धनबाट बाहीरिएको हो। योसँगै बुटवलमा सत्तारुढ गठबन्धन भत्किएको छ।

पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले आफूहरूको अस्तित्व स्वीकार नगरेपछि पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेको बताए। मनोनयन दर्ताको पहिलो दिन आइतबार प्रमुख र उपप्रमुखको मनोनयन गरेको जसपाले सोमबार १९ वटै वडामा मनोनयन गर्ने जनाएको छ।

बुटवल उपमहानगरमा सत्तारुढ पाँच दलका बिचमा केन्द्रीय तहबाटै गठबन्धन कायम गर्ने सहमति भएको थियो। सहमतिअनुसार बुटवल उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell