PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

बुटवलको शिवनगर वनमा भेटियो दम्पतीको शव



पहिलोपोस्ट

बुटवलको शिवनगर वनमा भेटियो दम्पतीको शव

बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिका ७ स्थित शिवनगर सामुदायिक वनमा दम्पती शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता नवरत्न पौडेलका अनुसार उपमहानगरपालिका वडा नम्बर ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठको शव फेला परेको हो।

शव भेटिएको ठाउँमा विषको बट्टा भेटिएको डिएसपी पौडेलले बताए। उनीहरु गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका तर घर नफर्किएपछि खोजी गर्दै जाँदा जंगलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell