PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

बुटवलमा भत्कियो गठबन्धनः जसपाद्धारा मेयर र उपमेयर दुबैमा उमेदवारी दर्ता



पहिलोपोस्ट

बुटवलमा भत्कियो गठबन्धनः जसपाद्धारा मेयर र उपमेयर दुबैमा उमेदवारी दर्ता

बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन त्यागेर मेयर र उपमेयर दुबैमा एकल उमेदवारी दर्ता गराएको छ।

मेयर पदमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले उमेदवारी दर्ता गराएका हुन्।

सम्मानजनक रूपमा टिकट वितरण नभएको भन्दै जसपा सत्ता गठबन्धनबाट बाहीरिएको हो। योसँगै बुटवलमा सत्तारुढ गठबन्धन भत्किएको छ।

पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले आफूहरूको अस्तित्व स्वीकार नगरेपछि मनोनयन गर्दा गरेको बताए। जसपाले सोमबार १९ वटै वडामा मनोनयन गर्ने जनाएको छ।

उपमहानगरमा सत्तारुढ पाँच दलबीच केन्द्रीय तहबाटै गठबन्धन कायम गर्ने सहमति भएको हो। सहमति अनुसार मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell