PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वाग्मतीमा सत्ता गठबन्धनको त्रिपक्षीय भागबन्डाः अघिअघि कांग्रेस, पच्छ्याउँदै माओवादी र समाजवादी



प्रकाश भण्डारी

वाग्मतीमा सत्ता गठबन्धनको त्रिपक्षीय भागबन्डाः अघिअघि कांग्रेस, पच्छ्याउँदै माओवादी र समाजवादी

काठमाडौँ: सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रको बैठकले वाग्मती प्रदेशका विभिन्न जिल्लामा भागबन्डा टुङ्ग्याएको छ। आसन्न स्थानीय तह निर्वाचनको मनोनयनको पहिलो दिनसम्म पनि उम्मेदवारबारे तय गर्न नसकेको सत्ता गठबन्धनले नगरपालिकाहरूमा भागबन्डा मिलाएको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच त्रिपक्षीय भागबन्डा गरिएको हो।

गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भने यसअघि नै मिलाइसकेको छ। कतिपय ठाउँमा अझै मिल्न बाँकी छ भने कति ठाउँमा गठबन्धन नहुने भएको छ।

मकवानपुरमा भागबन्डा यस्तो

मकवानपुरका १० स्थानीय तहको भागबन्डा आइतबार सम्पन्न भएको छ। हेटौँडा उपमहानगरमा प्रमुखमा एकीकृत समाजवादीले उम्मेदवार उठाउने सहमति भएको छ। उपप्रमुखमा नेपाली कांग्रेसले उम्मेदवार उठाउने छ। थाहा नगरपालिकामा प्रमुखमा माओवादी केन्द्र र उपप्रमुख नेपाली कांग्रेसको उम्मेदवार उठाउने सहमति जुटेको छ।

मकवानपुरगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस,उपाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार उठाउने छन्। भीमफेदी गाउँपालिकामा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवार उठाउने सहमति छ।

यस्तै ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ। मनहरि गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ।

राक्सिराङ गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ। कैलाश गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले उम्मेदवार उठाउने तय भएको छ। बकैया गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ। वाग्मती गाउँपालिका अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा परेको सहमति पत्रमा उल्लेख छ।

काभ्रेमा कसले कति पायो?

बनेपा नगरपालिकामा गठबन्धनको सहमति अनुसार प्रमुख नेपाली कांग्रेस र उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ। पनौती नगरपालिकामा प्रमुख कांग्रेस, उपप्रमुख एकीकृत समाजवादीले पाएको छ। पनौती नगरपालिकाको प्रमुख कांग्रेस र उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ। पाँचखाल नगरपालिकामा प्रमुख कांग्रेसले र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको छ। धुलिखेल नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुख कांग्रेसको भागमा परेको छ। नमोबुद्ध नगरपालिकाको प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको छ। मन्डन देउपुर नगरपालिकामा प्रमुख एकीकृत समाजवादी र उपप्रमुख कांग्रेसले पाएको छ।

खानीखोला गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा छ। चौरीदेउराली गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको उम्मेदवार हुने सहमति भएको छ। बेथानचोक गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले पाउने सहमति भएको छ। तेमाल गाउँपालिकाको अध्यक्ष कांग्रेसले पाउँदा उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ। भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसको उम्मेदवारलाई अघि बढाउने सहमति भएको छ। रोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार उठाउने छन्। महाभारत गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको रहने भएको छ।

भक्तपुरको भागबन्डा यस्तो

भक्तपुरमा भक्तपुर नगरपालिकामा प्रमुख कांग्रेसको र उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ। मध्यपुर थिमिमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले उठाउने भएको छ। सूर्यविनायक नगरपालिकामा प्रमुख कांग्रेस र एकीकृत समाजवादीले उपप्रमुख पाएका छन्।

दोलखामा कसको भाग कति?

दोलखाको जिरी नगरपालिकामा प्रमुख कांग्रेसको र उपप्रमुख माओवादी केन्द्रको रहने भएको छ। भीमेश्वर नगरपालिकामा प्रमुख नेपाली कांग्रेस र उपप्रमुख एकीकृत समाजवादीको रहने सहमति भएको छ। यस्तै कालिन्चोक गाउँपालिकामा अध्यक्ष  कांग्रेसको र उपाध्यक्ष माओवादी केन्द्रको हुने भएको छ। गठबन्धनको सहमति अनुसार गौरीशङ्कर गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसको रहने भएको छ। तामाकोशी गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष कांग्रेसकोले पाउने भएको छ। वैतेश्वर गाउँपालिकामा अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादी केन्द्रको हुने भएको छ। शैलुङ गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको हुने भएको छ। मेलुङ गाउँपालिका अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको छ। विगु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति हुँदा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवार उठाउने छ।

ललितपुरमा यस्तो

गोदावरी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै कांग्रेसकै भागमा परेको छ। महालक्ष्मी नगरपालिकामा प्रमुख माओवादी केन्द्र र उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको छ। कोन्जोसम गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा छ। वाग्मती गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ। महाङकाल गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ।

धादिङमा गठबन्धनको भागबन्डा कस्तो?

धादिङको नीलकण्ठ नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रको उम्मेदवार उठाउने सहमति भएको छ। धुनीवेशी नगरपालिकामा एकीकृत समाजवादीलाई प्रमुख र कांग्रेसले उपप्रमुख पाएको छ। खनियाबास गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको हुने भएको छ। यस्तै सिद्धलेक गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीको भागमा परेको छ।

रुवी भ्याली गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा परेको छ। गंगाजमुना गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीको भागमा छ। गठबन्धनले गल्छी गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादीलाई दिएको छ भने उपाध्यक्ष कांग्रेसलाई दिएको छ। गजुरी गाउँपालिकामा कांग्रेसलाई अध्यक्ष र उपाध्यक्ष पनि कांग्रेसकै भागमा परेको छ। थाक्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसले उम्मेदवार उठाउने सहमति भएको छ भने उपाध्यक्ष माओवादी केन्द्रको उठाउने सहमति भएको छ। ज्वालामुखी गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले पाएको छ भने उपाध्यक्ष एकीकृत समाजवादीको भागमा परेको छ। त्रिपुरासुन्दरी गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीको भागमा परेको छ। बेत्रावती गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ। बेनीघाट रोराङ गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एकीकृत समाजवादीको भागमा परेको छ।

सिन्धुलीमा कस्तो छ भागबन्डा?

सिन्धुलीको कमलामाई नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ। दुधौली नगरपालिकामा प्रमुख माओवादी केन्द्रको भागमा परेको छ भने उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको छ। गोलान्जोर गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ। घ्याङलेख गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले उठाउने सहमति भएको छ।

तीन पाटन गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ। फिक्कल गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसको भागमा र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ। मरिण गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा परेको छ। सुनकोशी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ। हरिहरपुरगढी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell