PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

भीमफेदी गाउँपालिकामा एमालेद्धारा उम्मेदवारी दर्ता



पहिलोपोस्ट

भीमफेदी गाउँपालिकामा एमालेद्धारा उम्मेदवारी दर्ता

हेटौँडाः नेकपा (एमाले) आसन्न स्थानीय तह निर्वाचनका लागि भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेको छ।

एमालेबाट अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती रानाले उम्मेदवारी दर्ता गराएका हुन्। लामाको प्रस्तावकमा महेशकुमार बर्तौला र समर्थकमा संग्राम खड्का रहेका छन् भने रानाको प्रस्तावकमा सानु थापा मगर र समर्थकमा रेशम लामा रहेका छन्।

यस्तै एमालेबाट वडा अध्यक्षमा वडा नम्बर १ मा पञ्चमाया स्याङ्तान, २ मा काशीराम बज्यु, ३ मा प्रकाश पौडेल, ४ मा सागर पाण्डे, ५ मा जाहारसिं लामा, ६ मा सीताराम थापा, ७ मा प्रमेश्वर राना मगर, ८ मा विष्णुबहादुर लामा र ९ मा प्रकाश पुडासैनीको उम्मेदवारी दर्ता भएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell